तस्बिरमा माघीको स्वाद : टुँडिखेलमा थारु–मगर समुदायका रैथाने परिकार

काठमाडौं। आज (बिहिबार) टुँडिखेल क्षेत्र माघी पर्वको रौनकले भरिएको छ। थारु र मगर समुदायले मनाएको माघी उत्सवमा सांस्कृतिक झाँकीसँगै उनीहरूको रैथाने खानाहरु पनि विशेष आकर्षणको केन्द्र बनेको छ।
कार्यक्रम स्थलमा राखिएका रैथाने परिकारका स्टलहरूमा ढिक्री, घोंघी, भक्का, पिठौरा, गुन्द्रुक, सिन्की, ढिडो, चिचर, सिद्रा, कोदो र फापरका रोटी, भाङको चटनी लगायत मौलिक खानाहरू र स्थानीय मदिरा देख्न सकिन्छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका यी परिकारहरू केवल खानाका वस्तु मात्र होइनन्, थारु–मगर समुदायको जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सांस्कृतिक पहिचानको प्रतीक पनि हुन्।
माघी पर्व नयाँ वर्षको सुरुवात, सामाजिक मेलमिलाप र साझा पहिचानको उत्सव हो। टुँडिखेलमा आयोजित यो कार्यक्रमले आम मानिसलाई थारु र मगर समुदायको सांस्कृतिक धरोहरलाई नजिकबाट चिन्ने अवसर दिएको छ।
तस्बिरहरु:-










