एमाले ४ माघदेखि औपचारिक रूपमा निर्वाचन केन्द्रित हुने

काठमाडौँ । नेकपा (एमाले) यही माघ ४ गतेदेखि औपचारिक रूपमा निर्वाचनमा होमिने भएको छ ।

पार्टी सचिव महेश बस्नेतले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै काठमाडौँमा विशेष प्रदर्शनसहित फागुन २१ को निर्वाचनमा होमिएको सन्देश दिने जानकारी गराएका हुन् ।

उनले एमाले निर्वाचनमा नजाने कहिल्यै नभनेको जिकिर गर्दै निर्वाचनमैत्री वातावरण मुख्य प्रश्न रहेको बताए । उनले अझैपनि जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियार तथा भागेका कैदीहरू फिर्ता गर्न नसकिएको उल्लेख गरे । उनले सुशीला कार्की नेतृत्वको सरकार रवि लामिछानेको दललाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको आरोप पनि लगाए ।

लामिछानेलाई सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने सरकारी वकिलको कार्यालयको निर्णयले मुलुकमा भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफै लागेको पुष्टि भएको दाबी गरे ।

उनले भने ‘यही माघ ४ गते हामी खुला सभामार्फत नेकपा ९एमाले० चुनावमा होमिएको सन्देश दिँदैछौँ । हामीले चुनावमा भाग लिन्नौँ भनेर कहिले पनि भनेका छैनौँ । अहिले चुनावको वातावरण छैन भन्ने हाम्रो कुरा हो । अहिले प्रहरी र प्रशासनको मनोबल कमजोर छ । न्यायालय र सेनाको मनोबल कमजोर छ । प्रहरीहरू घाइते छन् । लुटिएका हतियार र भागेका कैदीहरू अझै फिर्ता भएका छैनन् । आपराधिक गतिविधिहरू अहिले पनि बढिरहेका छन् । अदालत जल्ने कुरा आफ्नो ठाउँमा छ । न्याय नै जलिरहेको छ । सुशीला कार्की नेतृत्वको सरकार नागरिक सरकार भन्छ । रवि लामिछानेको टसलका कारण कुलमान घिसिङले राजीनामा दिए अरू मन्त्रीहरूको चाला अहिले पनि सुध्रिएको छैन । सरकारको अभिव्यक्ति हेर्दा नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङको व्यवस्था ठुला दलहरूका कारण हुन सकेन भनेर दिँदै आएका अभिव्यक्ति एमाले–काँग्रेसलाई कमजोर बनाउने प्रयत्न हो ।’

उनले काँग्रेस–एमालेलाई कमजोर बनाउन लागिरहेको सरकारका मन्त्रीहरूको चालामाला ठिक नभएको जिकिर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − four =