राष्ट्रिय एकता कायम गर्नुपर्नेमा अध्यक्ष दाहालको जोड
२०८२ माघ १ गते

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ ले संविधानको पूर्ण कार्यान्वयनका निम्ति राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन् ।
मकर सङ्क्रान्तिका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आपसी आत्मीयता, एकता र सामूहिकताले नै समाजलाई सुदृढ बनाउने बताएका छन् ।
पर्वहरूले अझ बढी मेहनत गर्न, एकजुट हुन र राष्ट्र निर्माणको महान् जिम्मेवारीलाई इमानदारीपूर्वक वहन गर्न प्रेरित गर्ने बताउँदै सन्देशमा संयोजक दाहालले बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक नेपाली समाजलाई चाडपर्वले जीवन्त बनाएका उल्लेख गरेका छन् ।
२०८२ माघ १ गते
प्रतिक्रिया
सम्बन्धित









