बाबुरामले दिए कांग्रेस सभापति गगन थापा र टिमलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएसँगै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यसलाई ‘दलहरूको पुनर्संरचनाको सुखद प्रस्थानबिन्दु’ को संज्ञा दिएका छन् । लोकतान्त्रिक अभ्यासबाट नेतृत्वमा आएको परिवर्तनलाई स्वागत गर्दै डा. भट्टराईले नवनिर्वाचित सभापति थापा र उनको समूहले थालेको अभियानले अन्य राजनीतिक दलहरूलाई पनि रूपान्तरित हुन नैतिक दबाब सिर्जना गर्ने विश्वास व्यक्त गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत बधाई दिँदै भट्टराईले कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीले आफूलाई समयसापेक्ष परिमार्जन गर्न सफल भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न भएको छ, यसका लागि गगनजी र उहाँको टिम बधाईको पात्र छ ।’

नयाँ पुस्ताको आगमनले वैकल्पिक राजनीतिक शक्ति र पुनर्संरचित पुराना दलहरूबीच अब स्वस्थ प्रतिस्पर्धा हुने अपेक्षा भट्टराईको छ । उनले भनेका छन्, ‘यो परिवर्तनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जगलाई अझ बलियो बनाउनेछ भने वैकल्पिक शक्तिहरूसँगको सहकार्य र प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्‍याउनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =