कुमारी बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न
२०८२ पुस ३० गते

काठमाडौँ । कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा २०८२ साल पुस महिना ३० गते बुधवारका दिन काठमाडौँको थिरबम सडक, टंगाल स्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रूपमा पेस गरिएको आ.ब. २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८१/८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरिएको छ ।
कुमारी बैंकले आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित









