काँग्रेसका सुनिल शर्माको क्षेत्रबाट रास्वपाका गणेश कार्कीले दिए उम्मेदवारी
२०८२ पुस २६ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले मोरङको क्षेत्र नम्बर-३ बाट उम्मेदवारी दिएका छन् ।
आज उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले उम्मेदवारी दिएको घोषणा गरेका हुन् ।
उनले लेखेका छन् ‘हाम्रो पार्टी रास्वपाले गरेको उम्मेदवार छनौट प्रक्रियामा आफ्नै मोरङ्ग ३ बाट उम्मेदवार बन्न निवेदन दिएको छु । विश्वास छ, साथ पाउँछु ।’
उनी नेपाली काँग्रेसका नेता सुनिल शर्माको क्षेत्रबाट उठ्न लागेका हुन् । कार्की रास्वपाको स्थापनाकालदेखि केन्द्रीय सदस्य छन् । रास्वपा र बालेनको एकतामा पनि उनले महत्त्वपूर्ण भूमिका निभाएका थिए ।
२०८२ पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित









