एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूलाई ३० प्रतिशत छुट

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूको बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ ।

२०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकका अनुसार ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् । बैंकले मुलुकभरका विभिन्न शाखाहरूमा ग्राहकहरूको आवश्यकता अनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ ।

बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने विश्वास लिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =