निर्वाचन प्रहरी बन्नेहरूको लर्को (तस्बिरहरू)

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सरकारले सुरक्षा तयारी तीव्र पारेको छ । यसै सिलसिलामा गृह मन्त्रालयको स्वीकृतिपश्चात् नेपाल प्रहरीले आजदेखि देशभर ‘निर्वाचन प्रहरी’ (साविकको म्यादी प्रहरी) को भर्ना प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाका लागि कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गर्ने सरकारको लक्ष्य छ । जसमध्ये नेपाल प्रहरीले आफ्नो जिम्मेवारीमा रहेको १ लाख ३३ हजार ९ सय ८० पदका लागि आजैदेखि आवेदन खुला गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले आगामी माघ १ गतेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन सक्नेछन् ।

यसपटक सरकारले विगतका निर्वाचनहरूमा ‘म्यादी प्रहरी’ भनिने अस्थायी सुरक्षाकर्मीलाई ‘निर्वाचन प्रहरी’ का रूपमा नयाँ नामाकरण गरेको छ । ४० दिनको कार्यअवधि तोकिएका यी सुरक्षाकर्मीलाई निर्वाचनको अग्रपंक्तिमा परिचालन गरिने रणनीति बनाइएको छ । भर्ना प्रक्रिया सुरु भएसँगै देशभरका जिल्ला प्रहरीका कार्यालयहरूमा इच्छुकहरूले आवेदन बुझाउन थालेका छन् ।

तस्बिरहरू जिल्ला प्रहरी परिसर काठमाडौंमा लिइएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =