मधेसका सांसद अन्सारीले छाडे पार्टी, प्रचण्डलाई लेखे गीतसहितको पत्र !

काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट मधेस प्रदेश सभा सदस्यमा निर्वाचित रहबर अन्सारीले बिहीबार पार्टी परित्यागको घोषणा गरेका छन् ।

रातो अक्षरमा लेखिएका क्रान्तिकारी नारा र इन्कलाबका पंक्तिहरु उद्धृत गर्दै अन्सारीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ‘माओवादी केन्द्रका पूर्व अध्यक्ष’ सम्बोधन गरेका छन् ।

उनले प्रचण्डले माधवकुमार नेपाललगायतसँग मिलेर पार्टीको नाम परिवर्तन गरेको केही महिनापछि यो कदम चालेका हुन् ।

अन्सारीले पार्टी परित्याग पत्रमा प्रचण्डमाथि माओवादी आन्दोलनको मूल मर्म र सिद्धान्तबाट विचलन भएको आरोप लगाएका छन् ।

उनले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवारहरू, परिवर्तनको नाममा अन्ततः सत्ता र सुविधा मात्र खोज्नेहरू, अवसरवादीहरू तथा वास्तविक शहीदहरूलाई दिएको उल्लेख गरेका छन् ।

मधेस प्रदेशक सांसद रहबर यसअघि पनि पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि सार्वजनिक गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =