महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायद्वारा शपथ ग्रहण

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको हालै सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिबाट अध्यक्षको रूपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पुस २३ गते (हिजो) नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक र वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक लगायतका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

पुस २१ मा सम्पन्न बैंकको वार्षिक साधारण सभा मार्फत सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव समेत अनुमोदन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =