विश्वकप खेल्ने नेपाली टोली घोषणा, को–को परे ?

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषित टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ल पहिलोपटक सिनियर टोलीमा स्थान बनाउन सफल भएका छन् । यस्तै बसिर अहमद पनि विश्वकप खेल्ने टोलीमा समावेश भएका छन् ।

विश्वकपको एसिया इएपी छनोटमा खेलेका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम १५ मा परेनन् ।

नेपालको टी-२० विश्वकप २०२६ टोली :

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • आरिफ शेख
  • गुल्शन झा
  • सन्दीप लामिछाने
  • नन्दन यादव
  • शेर मल्ल
  • ललित राजवंशी
  • करण केसी
  • सोमपाल कामी
  • बसिर अहमद
  • लोकेश बम
  • सन्दीप जोरा

शेर मल्लको समावेशलाई नयाँ प्रतिभाको उदयका रूपमा हेरिएको छ भने बसिर अहमदको फेरि टोलीमा फर्काइले स्पिन विभागलाई बलियो बनाउने अपेक्षा गरिएको छ । नेपालले विश्वकपको तयारीस्वरूप विभिन्न श्रृंखलाहरू खेल्ने कार्यक्रम रहेको क्यान स्रोतले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =