सिद्धार्थ बैंकद्वारा हरिवन नगर अस्पताललाई प्रसूति उपकरण हस्तान्तरण

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशको सर्लाही जिल्ला हरिवन नगरपालिका स्थित हरिवन नगर अस्पताललाई विभिन्न प्रसूति उपकरणहरू हस्तान्तरण गरेको छ ।

बैंकका मधेश प्रदेश प्रमुख ज्ञानेन्द्र कार्कीले गत पौष १७ गते एक कार्यक्रमकोआयोजना गरी उक्त उपकरणहरू अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जंगीलाल राय, हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकीलगायत स्थानीयहरूको उपस्थिति रहेको थियो । बैंकले हाईड्रोलिक शल्यक्रिया टेबल, ४ सेटयुक्त एल।इ।डी। शल्यक्रिया कक्ष डोम बत्ती, बिरामी निगरानी यन्त्र, पूर्ण सुविधायुक्त पाँच कार्य गर्ने इलेक्ट्रिक आईसीयू बेड, फाइबर बेडसाइड लकर, तथा इलेक्ट्रिक डबल जार हाई भ्याकुम सक्सन मेसिन गरी सबै उपकरणहरू १–१ थान हस्तान्तरण गरेको हो ।

हरिवन अस्पतालको नवनिर्मित भवनमा शल्यक्रिया सहित वर्थिङ्ग सेवा सञ्चालन गरी समुदायमा गुणस्तरीय प्रसूति सेवामा पहुँच अभिवृद्धि गर्ने तथा आमा र नवजात शिशुहरूका लागि सहज प्रसूति वातावरण सुनिश्चित गर्ने उद्देश्यले बैंकले उक्त उपकरणहरू प्रदान गरेको जानकारी दिइएको छ ।

बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरूमा पनि
यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =