समिक्षा र रञ्जु दर्शनासहित रास्वपाको केन्द्रीय समितिमा ७ जना मनोनयन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय वनस्थलीमा जारी ५८औँ केन्द्रीय समिति बैठकले पार्टी समायोजन प्रक्रियाअन्तर्गत ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।

मनोनयन हुनेहरूमा समिक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना रहेका छन् ।

पार्टीले पछिल्लो समय विभिन्न जिल्ला तथा समूहबाट प्रवेश गर्ने नेताकार्यकर्तालाई समायोजन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ ।

आजको बैठक सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएपछिको महत्वपूर्ण बैठकका रूपमा हेरिएको छ । यसअघि सचिवालय बैठकले समायोजन र निर्वाचन तयारीलाई प्राथमिकता दिएको थियो ।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीलाई पनि तीव्र बनाइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =