ओली र प्रचण्डको वार्ता आज, गठबन्धनबारे छलफल हुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार भेटवार्ता हुने भएको छ ।

ओली र प्रचण्डको भेट एमाले केन्द्रीय कार्यालयमा हुने एमालेका एक नेताले जानकारी दिए । भेटमा आगामी राष्ट्रियसभा र प्रतिनिधि सभा चुनावमा गठबन्धनको बारेमा छलफल हुने बताइएको छ ।

ओलीले शनिवार नै प्रचण्डसँग छलफल गर्न चाहेका थिए । तर प्रचण्ड काठमाडौँ आउन ढिला भएपछि आजका लागि वार्ता तय गरिएको हो ।

नेकपाका नेता वर्षमान पुनले पनि ओली र प्रचण्डबीच भेटवार्ता हुने पुष्टि गरेका छन् । ‘संयोजक प्रचण्ड संखुवासभाबाट आइसक्नु भएकोले आज एमाले पार्टी केन्द्रीय कार्यालयमा भेट्ने तय भएको छ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =