रास्वपाले भन्यो– चितवनमा ब्लुबस बन्द गरिएको होइन
२०८२ पुस २० गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा चितवनले ब्लुबस सेवा बन्द नभएको बताएको छ ।
केही सञ्चार माध्यममा चितवनमा रास्वपाले सञ्चालन गरेको ब्लुबस सेवा बन्द भएको समाचार सार्वजनिक गरेपछि रास्वपाले त्यसको खण्डन गरेको हो ।
रास्वपाले बस मर्मत सम्भारका लागि राखिएको भन्दै अब एक दुई दिनमा पुनः ब्लुबस सेवा सञ्चालनमा ल्याउने बताएको छ ।
‘रास्वपा सभापति प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मत ल्याएर निर्वाचित भएसँगै महिलाहरूका लाग संचलानमा ल्याइएको ब्लुबस केही दिन देखि मर्मत सम्भारका लागि राखिएको थियो र अब एक दुई दिनमा नै मर्मत पश्चात् पुनः सञ्चालनमा ल्याइने ब्यहोराको जानकारी सम्पूर्णमा गर्न चाहन्छौँ,’रास्वपा चितवनले जारी गरिएकोको विज्ञप्तिमा भनिएको छ ।

२०८२ पुस २० गते
प्रतिक्रिया
सम्बन्धित









