कुमरोज मध्यवर्ती सामुदायिक वनमा जिप सफारी गर्दा… (तस्बिरहरू)

काठमाडौँ । सौराहा जाने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ, कुमरोज मध्यवर्ती सामुदायिक वन ।

पछिल्लो समयमा सौराहा घुम्न आउने पर्यटकमध्ये करिब ८० प्रतिशतभन्दा बढीले जिप सफारीमार्फत कुमरोज मध्यवर्ती सामुदायिक वन घुम्ने गरेका छन् । ३ किमी चौडाइ, ७ किमी लम्बाइसहित ७५० हेक्टरमा फैलिएको यो वनमा जिप र हात्ती चढेर घुम्ने मात्र नभई जङ्गलभित्र रहेका मचानमा बास बस्ने सुविधा पनि छ ।

यस सामुदायिक वनभित्र विभिन्न जङ्गली जनावरहरू नजिकबाट हेर्न पाइने भएकोले पनि पर्यटकको आकर्षण बढेको हो । यस क्षेत्रमा सिमसार क्षेत्र, घाँसे मैदान, वन्यजन्तुका वासस्थान, नदी तटीय वन र सालका जङ्गल एकैसाथ अवलोकन गर्न सकिन्छ ।

सौराहाबाट ९ किलोमिटर पर रहेको यस सामुदायिक वन, २०७४ साल पुसदेखि पर्यटकहरूका लागि खुला गरिएको हो ।

हराभरा वन र दुर्लभ वन्यजन्तुको अवलोकनका लागि दैनिक एक हजार बढी पर्यटक यहाँ पुग्ने गरेको कुमरोज मध्यवर्ती सामुदायिक वन, पाटे बाघ, एकसिङे गैँडा, घडियाल गोही, गौरीगाईलगायत दुर्लभ वन्यजन्तुको वासस्थान बन्दै गएको छ ।

यहाँ ११ जना पर्यटक बोक्ने जिपले दैनिक १७० वटासम्म सफारी गर्ने गरेका छन् । यसैगरी १३ वटा हात्तीले पनि नियमित सफारी गर्ने गरेका छन् ।

तस्बिरहरू :-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =