सुपरहिट चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो मा हेर्न सकिने

काठमाडौँ । बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल सुपरहिट नेपाली चलचित्र ‘१२ गाउँ’ अब डिशहोम गो एपमार्फत दर्शकहरूमाझ उपलब्ध भएको छ ।

नेपालभित्रका दर्शकहरूले यो चलचित्र रु. २२५ तिरेर हेर्न सक्नेछन् भने नेपाल बाहिर रहेका दर्शकहरूले USD 1.99 मा चलचित्रको आनन्द लिन सक्नेछन् ।

चलचित्र ‘१२ गाउँ’ एक प्राचीन थलो ‘१२ गाउँ’ मा बसोबास गर्ने जनतामाथि अत्याचार गर्ने शासकविरुद्ध उभिने एक परिवर्तनकारी योद्धाको सङ्घर्षपूर्ण कथा हो ।

यस चलचित्रमा अभिनेता विराज भट्टका छोरा समीर भट्ट ‘परिवर्तनकारी योद्धा’को भूमिकामा प्रस्तुत भएका छन् । समीरको दमदार एक्सन र प्रभावशाली अभिनयले दर्शकको ध्यान तान्नेछ । यही चलचित्रमार्फत उनले नेपाली चलचित्र क्षेत्रमा अभिनय करिअरको सुरुवात गरेका हुन् । य

स चलचित्रमा उनी ‘एंग्री योङ म्यान’ को विशेषतासहित प्रस्तुत गरिएका छन्, जसले एक्सन फिल्म रुचाउने दर्शकहरूलाई विशेष आकर्षण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − six =