अनसनरत भूसालसंग वार्ता गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ । अनसनरत डा. निकोलस भूसालको नेतृत्वको समूहसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेका छ ।

विभिन्न माग राखी विगत केही दिनदेखि अनसनरत भूसालसँग वार्ता गर्न सरकारले आज वार्ता समिति गठन गरेको हो ।

उक्त वार्ता समितिका संयोजक प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।

त्यसैगरि सदस्यमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सदस्य गोविन्द नारायण तिमिल्सिना, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सदस्य डा. भीष्मकुमार भूसाल, जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेल रहेका छन् ।

भुसालले जेनजी आन्दोलनका क्रममा गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, जेनजी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने लगायतका माग गर्दै अनसनमा बस्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =