ओली बयानका लागि नआए के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष कार्कीको जवाफ- भोलिको कुरा भोलि नै हुन्छ

काठमाडौँ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राखेको र आफूले जानकारी गराएको बताए । उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि बताए । उनले काँग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिसको पनि बताए ।

उनले भने ‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ ।’

अध्यक्ष कार्कीले अध्यक्ष ओली बयानका लागि आउनुभएन भने त्यहीबेलामा थप निर्णय हुने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + eleven =