सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्यमा मंगलबार ‘ब्रेक’ लागेको छ । नेपाली बजारमा मंगलबार सुन तथा चाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार, सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार ९ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार सुनको कारोबार प्रतितोला २ लाख ७० हजार रुपैयाँको उच्च विन्दुमा भएको थियो ।

सुनसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले घटेर ४ हजार ५९० रुपैयाँमा झरेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, १० ग्राम सुनको मूल्य पनि घटेर २ लाख २४ हजार ७१० रुपैयाँ पुगेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =