अयोग्य शिक्षक नियुक्ति गरिएको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौँ । विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा ४० वर्ष पुरा भइसकेकी अयोग्य शिक्षक नियुक्ति गरिएको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।

आज विशेष अदालत, काठमाडौँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त आरोपपत्र दायर गरेको हो ।

काठमाडौँ, टोखा नगरपालिका, वडा नं. १०, गोंगबु स्थित श्री मनोहर माध्यमिक विद्यालयमा तत्कालीन उच्च माध्यमिक विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा ४० वर्ष पुरा भइसकेकी अयोग्य कल्पना पनेरूलाई नियुक्ति गरिएको थियो ।

गलत लिखत तयार तथा सरकारी अभिलेखमा रहने लिखत केरमेट तथा सच्चाई सोही विवरण सहितको योग्यताको कागजातहरू पेस गरी पनेरुले उक्त उच्च माध्यमिक तह शिक्षक पदमा नियुक्ति भएकी थिइन् ।

उनी हालसम्म पनि कार्यरत रहेको देखिँदा प्रतिवादीहरू वासुदेव अधिकारी र कल्पना पनेरुसमेतको उक्त कार्य भ्रष्टाचार भएको पुष्टि भएको हुँदा सजायको मागदाबी लिई आरोपपत्र दायर गरिएको छ ।

उनको नियुक्ति प्रक्रिया छानबिन गर्दा कैफियत भेटिएको, स्थानीय तहले समेत ढाकछोप र सामसुम पार्न लागेको, राज्य कोषको रकम हिनामिना हुँदासम्म पनि निजलाई कुनै कारबाही नभएकोले कारबाही गरी पाउँ भन्ने उजुरी आयोगले प्राप्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 20 =