काँग्रेसले समानुपातिक सूचि सोमवार आयोगमा बुझाउने
२०८२ पुस १३ गते

काठमाडौँ । नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र अब सूचि तयार गरेर सोमवारसम्म आयोगलाई बुझाउने बताए ।
समानुपातिक सूचिबाट १ सय १० जना सांसदहरू चयन हुने भएकाले समानुपातिक सूचि तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपाका प्रवेश गर्नुभएका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताए ।
२०८२ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित









