समृद्ध नेपालको गन्तव्य तय हुँदैछ : सञ्चारमन्त्री खरेल
२०८२ पुस १३ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहबीच भएको सात बुँदे सहमतिले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ । यसै सन्दर्भमा अन्तरिम चुनावी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले यसलाई सकारात्मक र नूतन अध्यायको संज्ञा दिएका छन् ।
‘जेनजी’ आन्दोलनको जगमा गठित सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यो सहकार्यलाई ‘नयाँ दिनको नयाँ सुरुवात’ भनेर टिप्पणी गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ…।’
२०८२ पुस १३ गते
प्रतिक्रिया
सम्बन्धित









