रवि-बालेन मिले, अब प्रचण्ड र कुलमान मिल्नेछन् : गोकुल बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)बीचको ‘सात बुँदे’ सहमतिले आइतबार बिहानैदेखि राजनीतिक वृत्त तातिएको छ ।

यही गरमागरम माहोलमा नेकपा एमालेका नेता गोकुल बास्कोटाले भने व्यंग्यात्मक शैलीमा नयाँ राजनीतिक समीकरणको प्रक्षेपण गरेका छन् । सामाजिक सञ्जालमा प्रायः तिखो टिप्पणीका लागि चिनिने पूर्वमन्त्री बास्कोटाले रवि र बालेनको मिलनलाई ‘सुरुवात’ को संज्ञा दिँदै अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उज्यालो नेपाल पार्टीका संरक्षक एवं वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङबीच पनि सहकार्य हुनसक्ने अनुमान लगाएका हुन् ।

आइतबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘रवि-बालेन मिलेछन् । अब कुलमान-प्रचण्ड बाँकी रहे जस्तो देखियो, त्यो पनि होला झैँ लाग्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − ten =