सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ५ हजार ५ सय रुपैयाँले बढेर २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन सोमबार तोलाको ४ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर ४ हजार २५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =