भारत सरकारद्वारा धनुषामा विद्यालय भवन निर्माण

काठमाडौँ । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–स्थित तुल्सीयाहीमा रहेको वैद्यनाथ देवनारायण जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ ।

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको उक्त भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवीसहाय मीणा र मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले संयुक्त रूपमा गरेका हुन् ।

नवनिर्मित विद्यालयको भवन उद्घाटन गर्दै महावाणिज्यदूत मिणाले भारत सरकार नेपालको आधारभूत क्षेत्रको विकासकालागि सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले भारत सरकार नेपालमा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिकालागि सदैव तयार रहेको कुरा यो विद्यालयको भवन उद्घाटन त्यसकै उत्कृष्ट उदाहरण रहेको बताए । उक्त विद्यालय भवन तथा सम्बद्ध पूर्वाधार उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत सो विद्यालय भवनको निर्माण गरिएको जनाइएको छ ।

भारत सरकारले मधेसमा शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ लगायतको ८६ वटा परियोजनामा काम गरिरहेको कार्यक्रम मार्फत जानकारी दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =