दोस्रो एमआरसी फुटसल शुक्रवारदेखि

काठमाडौँ । मित्रनगर राइजिङ क्लब (एमआरसी) ले एमआरसी फुटसल प्रतियोगिताको दोस्रो संस्करण आयोजना गर्ने भएको छ ।

आगामी पुस ४ र ५ गते काठमाडौँको सामाखुसीस्थित मनाङ मर्स्याङ्दी फुटसल क्लबमा उक्त प्रतियोगिता आयोजना हुने भएको हो ।

गत सेप्टेम्बरमा सम्पन्न जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

एमआरसीका संयोजक सोनाम तामाङकाअनुसार प्रतियोगितामा करिब ४० देखि ५० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रतियोगिता लिगकम नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले एक लाख रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ । प्रतियोगिताको कुल अनुमानित खर्च करिब ९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =