नोबेलका डा.गौरव सिंह साउद एमबीबीएसमा काठमाडौं विश्वविद्यालयकै उत्कृष्ट

काठमाडौं । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका डा. गौरव सिंह साउदले एमबीबीएस कार्यक्रममा सर्वोत्कृष्ट नतिजा ल्याउँदै उपकुलपति स्वर्ण पदक जितेका छन् ।

मंसिर २४ गते सम्पन्न दीक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्की तथा उपकुलपति प्रा.डा. अच्युतप्रसाद वाग्लेले डा. साउदलाई डिग्रीसँगै स्वर्ण पदक प्रदान गरेका थिए ।

सन् २०१८ ब्याचका डा. साउदले ८५.४७ प्रतिशत अंक प्राप्त गर्दै काठमाडौं विश्वविद्यालय अन्तर्गतका सबै मेडिकल कलेजमध्ये सबैभन्दा उत्कृष्ट नतिजा हासिल गरेका हुन् ।

यो वर्षको पहिलो चरणको दीक्षान्त समारोहमा नोबेल मेडिकल कलेजबाट एमडी÷एमएसतर्फ ७ जना, एमबीबीएसतर्फ ६६ जना र बीडीएसतर्फ ८ जना दीक्षित भएका छन् ।

यसैगरी नोबेलमा पहिलोपटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्च कार्यक्रमका ४ जना विद्यार्थीहरू शतप्रतिशत नतिजासहित दीक्षित भएका छन् ।

यसअघि पनि नोबेलका विद्यार्थीहरूले एमबीबीएस कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउँदै उपकुलपति स्वर्ण पदक हात पार्न सफल भएका थिए । नोबेलको निरन्तर उत्कृष्ट प्रदर्शनले विश्वविद्यालयस्तरीय मेडिकल शिक्षामा यसको योगदानलाई उजागर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + one =