भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवाद: झलनाथ

जनकपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे । उनले भ्रष्टाचारीहरूले देशलार्य नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए । उनले देशमा रोजगारी सिर्जना नहुँदा ठुलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको बताए ।

खनाल भन्छन्, ‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो । त्यसकारण हामीलाई समाजवाद चाहियो । देशभर नै बेरोजगार नै बेरोजगार छ । १८ देखि ४० वर्ष समूहका युवाहरूको ठुलो संख्या खाडीमा छ । श्रमजीवी जनता बाहिर गइरहेका छन्,पेसा व्यवसाय सिर्जना नहुँदा उनीहरू बाहिर पुगेका छन् । उनीहरूलाई देश फर्काउन एउटा ठुलो शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यक छ ।’

खनालले देशमा रोजगारी सिर्जना गर्नु जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =