नेपालको विश्वकप यात्रा मुम्बईबाट, उद्घाटन खेल इंग्ल्यान्डविरुद्ध

काठमाडौं । भारत र श्रीलंकामा आगामी फेब्रुअरी–मार्चमा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटका समूह तथा खेलतालिका सार्वजनिक गरिएको छ । मुम्बईमा मंगलबार आयोजित कार्यक्रममा समूह विभाजनसहित सम्पूर्ण खेलतालिका सार्वजनिक भएको हो ।

सार्वजनिक समूहअनुसार नेपाल ‘सी’ समूहमा परेको छ, जहाँ प्रतिस्पर्धा अत्यन्तै चुनौतीपूर्ण देखिन्छ। नेपालसँगै २–२ पटकका विश्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिज, साथै बंगलादेश र इटाली छन् ।

नेपालले विश्वकपको आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध मुम्बईको वान्खडे स्टेडियममा खेलेर अभियान थालनी गर्नेछ । त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज तथा फेब्रुअरी १७ मा बंगलादेशसँग खेलेर समूह चरण पूरा गर्नेछ ।  सबै खेल मुम्बईमै हुनेछन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्न लागेको यो पहिलो अवसर हो । यसअघि नेपालले भारत, पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका सहितका शक्तिशाली टोलीसँग विभिन्न प्रतिस्पर्धा खेलेको छ ।

गत संस्करणको टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग एउटै समूहमा परेको थियो र १ रनको झिनो अन्तरले पराजित भएको थियो ।

अन्य समूहहरू

समूह ‘ए’ : भारत, पाकिस्तान, नेदरल्यान्ड्स, नामिबिया, अमेरिका

समूह ‘बी’ : अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे, आयरल्यान्ड, ओमान

समूह ‘डी’ : दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, यूएई, क्यानडा

टी–२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म सञ्चालन हुनेछ।

नेपालको खेलतालिका

फेब्रुअरी ८– इंग्ल्यान्ड (मुम्बई)

फेब्रुअरी १२– इटाली (मुम्बई)

फेब्रुअरी १५– वेस्ट इन्डिज (मुम्बई)

फेब्रुअरी १७– बंगलादेश (मुम्बई)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =