सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२०८२ मंसिर ८ गते

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १९ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन तोलाको २ लाख ४४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन आइतबार तोलाको ३ हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर ३ हजार ११५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ८ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ६७० रुपैयाँ ५० पैसामा कारोबार भइरहेको छ ।
२०८२ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित








