समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पैसा उठायो भनिएको प्रति आपत्ति

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पैसा उठायो भनेकोप्रति कार्यालयले आपत्ति जनाएको छ ।

कार्यालयले विज्ञप्ति जारी गर्दै बचत तथा ऋण मिलान कार्यमा शुल्कका रूपमा मिलान रकमको दश प्रतिशत सम्बन्धित सहकारीको बैंक खातामा दाखिला गराउने गरिएको प्रस्ट पारेको हो ।

उक्त रकम विशुद्ध रूपमा मिलान नभएका बचतकर्ताको बचत रकम फिर्ताका लागि प्रयोग गर्ने गरिएको कार्यालयले जनाएको छ । बचत फिर्ता बाहेक उक्त रकम अन्य कार्यमा खर्च भएको छैन र भविष्यमा पनि गरिने कार्यालयले बताएको छ ।

तेस्रो पक्षको जग्गा मिलानबाट हालसम्म कुनै पनि ऋण वा दायित्व फरफरका भएको कार्यालयले जनाएको छ । कार्यालयले करिब ६ वर्षको अवधिमा रु. ८३ करोड ६५ लाख २० हजार ८ सय ७४ बचत फिर्ता गरेको र आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्म जम्मा ३६८९ जना मागदावीकर्ताको सम्पूर्ण रकम मागवादी फरफरका गरिएको कार्यालयको भनाई छ ।

‘विभिन्न सहकारीका ५६१०६ पहिलो चरणमा मागवादी गर्नु भएका बचतकर्ताहरूलाई रु.३५ करोड ८२ लाख ८ हजार १ सय २८ आंशिक रूपमा फिर्ता गर्ने प्रक्रिया चलिरहेको छ’ कार्यालयले भनेको छ, ‘भने यो अवधि जम्मा रु.३ अरब २९ करोड ८४ हजार ७८० बचत रकम मिलान तथा दामासाहिले हुन आउने रकम बैंक मार्फत नगद वितरण गरिएको छ ।’

सञ्चालक, व्यवस्थापक तथा लेखा समितिका सबै सदस्यको चल अचल सम्पत्ति रोक्का गरिनुका साथै, ऋण तिर्न बाँकी ११ हजार ऋणीको समेत बैंक खाता तथा चल अचल सम्पत्ति रोक्का गरिएको कार्यालयले जानकारी गराएको छ । बाँकी ऋणीको समेत बैङ्क खाता तथा सम्पत्ति रोक्का राख्ने प्रक्रियालाई निरन्तरता दिइएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =