निधिको प्रश्ताव: अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ, महाधिवेशन वैशाखमा गरौँ

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीको १५ औँ महाधिवेशन तत्काल गर्न नहुने बताएका छन् ।

नेपाल महिला संघले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले यस्तो बताएका हुन् ।

उनले अहिलेको प्राथमिकता प्रतिनिधि सभा निर्वाचन भएको भन्दै निर्वाचन पटि मात्र महाधिवेशन गर्नुपर्ने बताए । उनले अगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भन्दै सोहीअनुसार तयारी गर्नुपर्ने बताए ।

उनले भने ‘अहिले निर्वाचनलाई नै प्राथमिकता दिऊँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशन निर्वाचन सम्पन्न भइसकेपछि वैशाखमा गरौँ । र त्यसैको तयारीमा हामी सबै लागौँ ।’

पछिल्लो समय काँग्रेसभित्र महाधिवेशनको विवाद उत्कर्षमा पुगेको छ । महाधिवेशनको कार्यतालिकामा सहमति नजुट्दा पार्टी केन्द्रीय समिति बैठक निष्कर्षमा पुग्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =