स्काउट शुद्धीकरणका लागि देशव्यापी आन्दोलन गर्ने तयारी

काठमाडौँ । नेपाल स्काउट शुद्धीकरण अभियानले देशव्यापी आन्दोलन गर्ने भएको छ ।

लामो समयदेखि नेपाल स्काउटमा भइरहेका गलत कार्यविरुद्ध सङ्घर्ष गरिरहेको अभियानले अब देशव्यापी आन्दोलन गर्ने भएको हो ।

अभियानले लामो समयदेखि स्काउटभित्र भइरहेको भ्रष्टाचार र अनियमितता, अपारदर्शिता तथा अराजक गतिविधिविरुद्ध आन्दोलन गरिरहेको छ । यिनै मुद्दा लिएर नेपाल स्काउट शुद्धीकरण अभियानले देशव्यापी आन्दोलन गर्ने तयारी गरेको अभियानका एक सदस्यले जानकारी दिए ।

नेपाल स्काउट शुद्धीकरण अभियानले निवर्तमान कार्यकारी निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिनको माग गरेको छ । स्काउटभित्र हुने चलखेल र भ्रष्टाचारको छानबिन हुनुपर्ने माग अभियानको छ ।

यस्तै, वर्तमान कार्यसमितिलाई बर्खास्त गर्नुपर्ने शुद्धीकरण अभियानको माग छ । लामो समयदेखि आन्दोलनमा रहेको स्काउट शुद्धीकरण अभियानको मागमा खेलकुद मन्त्रालयले पनि बेवास्ता गरिरहेको आरोप छ ।

नेपाल स्काउटको वर्तमान कार्यसमितिले छानबिनका लागि मार्ग प्रशस्त गर्न चाहे पनि मन्त्रालयका पदाधिकारीको दबाबमा उनीहरूले राजीनामा नदिएको बुझिएको छ । केही दिन अघि वर्तमान कार्यसमितिले राजीनामाको विषयमा छलफलमा गएका थिए । तर, मन्त्रालयले छलफल गरेर मात्रै निर्णय लिनुपर्ने बताएको स्रोतले बतायो ।

खेलकुद मन्त्रालयका एक अधिकारीले आन्दोलनकारी र स्काउट कार्यसमितिमा मन्त्रालयको कुनै संलग्नता नरहेको बताए । उनले स्काउटसँग खेलकुद मन्त्रालयको सम्बन्ध रहे पनि स्काउटको आन्तरिक विवादमा मन्त्रालयको कुनै भूमिका नरहेको बताए ।

यता, नेपाल स्काउट शुद्धीकरण अभियानका एक सदस्यले भने खेलकुद मन्त्रालयले र स्काउटका प्रमुख आयुक्त देवराज घिमिरेले बारम्बार बेवास्ता गरिरहेको बताए ।

उनले अब प्रमुख आयुक्त देवराज घिमिरे र मन्त्रालयको कुनै पनि आश्वासनमा विश्वास नगर्ने बताए । ‘उहाँको धेरै कुरा सुन्यौँ, हामीलाई विभिन्न बहानामा अल्झाउने काम गरियो’ उनले भने, ‘अब निर्णायक आन्दोलनमा जान्छौँ ।’

उनले वर्तमान स्काउट आयुक्तले स्काउटलाई सही ढङ्गले चलाउन नसक्ने बताए । उनले वर्तमान आयुक्तमाथि नैतिकतामा प्रश्न उठेको र विभिन्न आरोप लागेका व्यक्तिले स्काउट जस्तो संस्थाको नेतृत्व गर्न नसक्ने बताए ।

 

नेपाल स्काउट सम्बन्धि थप समाचारहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =