मुक्तिनाथ विकास बैंकद्वारा नेपाल प्रहरी वृत महराजगञ्जलाई २ थान मोटरसाइकल हस्तान्तरण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले नेपाल प्रहरीवृत महराजगञ्जलाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेको छ ।
एक कार्यक्रम बीच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले नेपाल प्रहरी वृत्त महराजगञ्जका कार्यालय प्रमुख निरंजन थापालाई दुई थान मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।
यो सहयोगले नेपाल प्रहरी मार्फत समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन, संवेदनशील स्थानहरूको निगरानी गरी समयमै सूचना संकलन गर्ने र देशमा सुशासन कायम राख्ने कार्यमा विशेष योगदान पुराउने अपेक्षा लिएको बैङ्कले जनाएको छ ।
सुरक्षित समाज निर्माण हाम्रो साझा दायित्व हो । बैङ्कले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै नेपाल प्रहरी अग्रपंक्तिमा रहेर नागरिक सुरक्षामा खटिने संस्थान भएकाले , यस सहयोगबाट कार्यसम्पादनलाई केही सहज बनाउन सहयोग पुग्ने विश्वास लिएको बैङ्कले जनाएको छ ।








