१५.७० अङ्कले बढ्यो नेप्से
२०८२ मंसिर २ गते

काठमाडौँ । मङ्गलवार पनि शेयर बजार बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अन्तिम समयमा बजार बन्द हुँदा १५.७० अङ्कले बढेको हो ।
नेप्से ०.६१ प्रतिशतले बढेर परिसूचक २५६६ बिन्दुमा पुगेको छ ।
दोस्रो दिन पनि नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । आज दिनभरमा ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ बराबरको ९२ लाख ५५ हजार ४५७ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २०७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
दिनभरमा ३४५ वटा कम्पनी कारोबारमा आउँदा ५५ हजार २ सय ७७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूहमा हरियाली छाएको छ । आज लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको छ । उक्त समूह १.२८ प्रतिशतले बढेको छ ।
२०८२ मंसिर २ गते
प्रतिक्रिया
सम्बन्धित








