नेप्से करिब १० अङ्कले बढ्यो, कारोबार कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सोमवार करिब १० अङ्कले बढेको छ ।

आज नेप्से ९.७८ अङ्कले बढेर परिसूचक २५५०.३६ विन्दुमा पुगेको छ ।

नेप्से बढ्दा ३ अर्ब ९४ करोड ४० लाख ७४ हजार रुपैयाँ बराबरको ८८ लाख ९३ हजार ७७८ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा १६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

१३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

दिनभरमा ३३५ वटा कम्पनी कारोबारमा आउँदा ६१ हजार ६३५ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये निर्जीवन बीमा र अन्य समूह बाहेक सबै समूह बढेको छ । विकास बैंक समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =