सिद्धार्थ बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
हिजो आइतबार काठमाडौँ, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
बैंकको हाल कायम रहेको चुक्ता पुँजी रु. १४, ०८, ९९, ८०, १९० मा ५ प्रतिशत बराबरको रु ७०,४४,९९,०१० बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७,९१,७५,९०५ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साथै आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षककोप्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेलगायतका प्रस्तावहरू पारित गरेको छ ।








