शिवं सिमेन्ट्सले साढे १२ प्रतिशत लाभांश दिने

काठमाडौँ । शिवं सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनी सचिव लेखनाथ अर्यालकाअनुसार शिवमले २०८१–८२ को वार्षिक साधारणसभा मंसिर २५ गते गर्ने र सो सभाले कम्पनीले प्रस्ताव गरेको लाभांश पारित गर्ने एजेन्डा रहेको छ ।

कम्पनीले चुक्ता पुँजी ५ अर्ब ५४ करोड ६८ लाख रुपैयाँ बराबरको २.५० प्रतिशत अर्थात् १३ करोड ६४ लाख रुपैयाँ बराबरको बोनस शेयर र १० प्रतिशत अर्थात् ५४ करोड ५६ लाख रुपैयाँ नगद लाभांश दिने भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर ११ गते एक दिनका लागि बुक क्लोगको मिति तय गरेको सचिव अर्यालले जानकारी दिएका छन् । मंसिर १० गतेसम्म कायम हरेका शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको बोनस पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =