रमेश लेखकलाई कारबाही गर्नुपर्छ : डा. सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पार्टीबाट कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।
शनिवार विश्व सञ्चाल परिवारले आयोजना गरेको कार्यक्रममा उनले लेखकलाई पाँच वर्षसम्म साधारण सदस्यतासम्म नरहने गरी निष्कासन गर्नुपर्ने माग राखे ।
डा. शर्माले काँग्रेस महामन्त्री गगन थापालाई पार्टीलाई जनतामाझ ‘क्लिन इमेज’मा पुनः स्थापना गर्न निर्णायक कदम चाल्न आग्रह गरेका छन् ।
उनका अनुसार भदौ २३ र २४ का घटनामा काँग्रेसको पनि जिम्मेवारी रहेको छ । गठबन्धनमा काँग्रेस र एमाले दुवै रहेकाले दोष केवल पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ मात्र लगाएर उम्किन नहुने उनले स्पष्ट पारे ।
उक्त कार्यक्रममा शर्माले तत्कालीन गृहमन्त्री लेखकको भूमिका प्रमुख भएको उल्लेख गर्दै, पार्टीले अब ढिलाइ नगरी कारबाही प्रक्रिया थाल्नुपर्ने धारणा राखेका थिए ।








