बलियो राष्ट्रिय शक्ति निर्माण गरी रुपान्तरणको यात्रालाई सशक्त बनाउँछौँ : भीम रावल

काठमाडौं । मातृभूमि जागरण अभियान नेपालका संयोजक भीम रावलले बलियो राष्ट्रिय शक्ति निर्माण गरी राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउन जरुरी रहेको बताएका छन् ।

बुधवार नेपाली कम्युनिष्ट पार्टीसँगको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विगतमा नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएको आरोप लगाए ।

नेपाली कम्युनिष्ट पार्टीलाई राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका रुपमा अघि बढाउनुपर्ने बताए ।

उनले भने– ‘जुन बेला नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिक्रियावादीहरु र कम्युनिष्ट आन्दोलनलाई विश्रृङ्खलित गरेर आफ्नो निहित स्वार्थ पूरा गर्न विभाजन गरिएर गह्रौँ मन लिएर यही ठाउँबाट छुटिएर गइएको थियो । फर्किएर आज नेपाली कम्युनिष्ट पार्टीअन्तर्गत समाहित आएका छाँै । हामीले एउटा बलियो राष्ट्रिय शक्ति निर्माण गरेर हाम्रो राजनीतिक, सामाजिक रुपान्तरणको यात्रालाई सशक्त रुपमा अघि बढाउने अभियानका साथ हामी लाग्नुपर्छ । आगामी दिनमा हामी सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुगि छोड्नेछौँ भन्ने विश्वस छ ।’

नेता रावलले आगामी दिनमा सकारात्मक, भावनात्मक एकता, संकल्पका साथ आफ्नो लक्ष्यमा पुग्ने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =