यी हुन् ‘उज्यालो नेपाल’का अध्यक्षसहित ५१ जना केन्द्रीय सदस्य (नामावलीसहित)

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङसँग सम्बद्ध उज्यालो नेपाल पार्टीले आफ्नो नयाँ नेतृत्व संरचना निर्वाचन आयोगमा पेस गरेको छ ।

यसअघि गत साउनमा घिसिङले जितराम लामाको नेतृत्वमा सो दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । हाल प्राप्त अद्यावधिक विवरणअनुसार पूर्वऊर्जा सचिव अनुप उपाध्याय पार्टीका अध्यक्षको भूमिकामा प्रस्तावित छन् । दलको चुनाव चिन्ह ‘चिम’ रहेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा उज्यालो नेपाल पार्टीले पदाधिकारी हेरफेरसम्बन्धी निवेदन हालै बुझाएको हो । आयोगले दर्ता प्रमाणपत्र दिनुअघि पार्टीका पदाधिकारी र केन्द्रीय समितिको औपचारिक सनाखत गर्ने तयारी गरेको छ ।

उनका अनुसार हाल विभिन्न नयाँ राजनीतिक दलका दर्ता निवेदनहरूको अध्ययन भइरहेको छ । घिसिङ पक्षले ५१ सदस्यीय केन्द्रीय समिति गठन गरी अद्यावधिक विवरण आयोगमा पठाएको जानकारी प्राप्त भएको छ । पार्टीका स्रोतका भनाइअनुसार कुलमान घिसिङ हालसम्म प्रत्यक्ष रूपमा पार्टी गतिविधिमा सक्रिय छैनन् । तर निकट भविष्यमा औपचारिक रूपमा संलग्न हुने तयारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =