कुमारी बैंकले ल्यायो ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट
२०८२ कार्तिक २५ गते

काठमाडौँ । कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।
‘एक खाता एक रुख’ सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवर्द्धनमा
अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालहरूले निम्नानुसारका आकर्षक सुविधाहरू समेत प्राप्त गर्ने बैंकले जनाएको छ ।
- साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
- एक लाख सम्मको बिमा सुविधा
- दुई वर्ष सम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा
- दुई लाख सम्मको फोनलोन सुविधा (योग्यता अनुसार)
- यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने
- यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवर्धन गर्ने, पर्यावरणलाई सकारात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरूमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले
यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले बताएका छन् ।
बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाइट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।
२०८२ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित








