सिटिजन लाइफद्वारा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ सम्पन्न

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्व, मध्य–पश्चिम र काठमाडौँ उपत्यकाका क्षेत्रीय स्तरमा ‘अवार्ड सेरेमोनी एन्ड स्किल इन्हान्स्मेन्ट कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रमअन्तर्गत भदौ २१ गते सोल्टी वेस्टएण्ड, इटहरीमा पूर्व क्षेत्रका लागि, कात्तिक १४ गते टाइगर प्यालेस रिसोर्ट, सोल्टी, भैरहवामा मध्य–पश्चिम क्षेत्रका लागि, कात्तिक २१ गते टिका रिसोर्ट, लेकसाइड पोखरामा मध्य–पश्चिम क्षेत्रका लागि तथा कात्तिक २२ गते स्मार्ट प्यालेस, चाबहिल, काठमाडौँमा मध्य क्षेत्रका लागि कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमको उद्देश्य सिटिजन लिडरहरूबीच आत्मविश्वास, प्रेरणा र आपसी सहकार्य (फेलोशिप) प्रवर्द्धन गर्नुका साथै बिक्री सीपमा नवीकरण गर्दै अझ पेशेवर लिडरहरू तयार पार्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त प्रत्येक कार्यक्रममा २५० देखि ३६० जनासम्म सहभागी थिए । कार्यक्रमका क्रममा आर्थिक वर्ष २०८१/८२ का ‘ब्रोनज क्लब’ क्वालिफायरहरूलाई सम्मान गरिनुका साथै विभिन्न दिनहरूमा ‘हिरो अफ द डे’ उपाधि प्राप्त लिडरहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

तालिम सत्र कम्पनीका ट्रेनिङ विभाग प्रमुख, प्रमुख व्यवसाय अधिकृत, प्रमुख बजार व्यवस्थापन अधिकृत र प्रमुख कार्यकारी अधिकृतद्वारा सञ्चालन गरिएको थियो, जसले सहभागीहरूमा उच्च स्तरको उत्साह र प्रेरणा जागृत गर्यो ।

कार्यक्रमपछि मनोरञ्जनात्मक सत्रको आयोजना गरिएको थियो, जहाँ चर्चित लोकगायक मिलन लामाले पोखरा र काठमाडौँमा प्रस्तुतिका माध्यमबाट कार्यक्रमलाई झनै उत्साहपूर्ण बनाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eleven =