गरिरहेका सबै कुरा भन्न मिल्दैन, जनतालाई धैर्यताका निम्ति धन्यवाद भन्नेछौं : गृहमन्त्री अर्याल 

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले गृह मन्त्रालयको संवेदनशीलताका कारण कतिपय कार्यहरू सार्वजनिक गर्न नमिल्ने अवस्था रहेको स्पष्ट पारेका छन् । उनले ‘के गर्दैछौं’ भन्न नमिल्ने मात्र नभई ‘के गर्‍यौं’ समेत भन्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै आफूहरू शुद्ध चित्तले कर्म गरिरहेको बताएका छन् ।

जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’

गृहमन्त्री अर्यालले सुशासनको मार्गमा हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्न आफू प्रतिबद्ध रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =