३० लाख भन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने गतिलो पार्टीको नीति (पूर्णपाठ)

काठमाडौँ । जेनजी आन्दोलनपछि उदाएको गतिशील लोकतान्त्रिक पार्टी ( गतिलो )ले पार्टीको पर्यटन भिजन सार्वजनिक गरेको छ ।
आज बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गरेर पार्टीको रोजगारी दिने र पर्यटनका लागि नयाँ भिजन सार्वजनिक गरेको हो ।
पार्टीका अध्यक्ष दिनेश प्रसाईँ, सदस्य वीरेन्द्रबहादुर बस्नेत, राधेश पन्त र ज्ञानेश्वर महतो लगायतले पार्टीको लक्ष्य र उद्देश्य सार्वजनिक गरेका हुन् ।
पार्टीले आर्थिक रूपान्तरण, नेपालको पर्यटनको अवस्था र दृष्टि, क्षेत्रीय तथा दुर्गम रुटमा उडानका योजना, भविष्यका लागि लगानी र सर्वसाधारणलाई रोजगारी सृजना गर्ने लगायतका भिजन सार्वजनिक गरेको हो ।
पार्टीले आर्थिक रूपान्तरणका लागि सुशासन उद्यमशीलता र समताको नीति लिएको छ । पार्टीले नेपालमा पर्यटनको नयाँ युगको सुरुवात गर्ने घोषणा गरेको छ ।
५० लाख भन्दा धेरै पर्यटक भित्राउने र ३० लाख भन्दा बढी नयाँ रोजगारी सृजना गर्ने नीति पार्टीले लिएको छ ।
पूर्णपाठ








