काभा यु–१९ महिला च्याम्पियनसिपमा सुखद नतिजा ल्याउँछौंः प्रशिक्षक राई

काठमाडौँ । नेपाली यु–१९ महिला भलिबल टोलीका मुख्य प्रशिक्षक कुमार राईले श्रीलंकामा हुने काभा यु–१९ महिला भलिबल च्याम्पियनसिपमा आशावादी नतिजा ल्याउने लक्ष्य ल्याउने बताएका छन् ।

आगामी कात्तिक १८ गतेदेखि २३ गतेसम्म कोलम्बोमा काभा यु–१९ महिला भलिबल च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपका लागि शनिवार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक राईले यसपल्ट तयारी धेरै राम्रो भएको र नतिजा पनि राम्रो आउने आशा व्यक्त गरेका छन् ।

प्रशिक्षक राईले यसपल्ट करिब ४५ दिन जति तयारी गरेको उल्लेख गरे । गत संस्करण नेपाल तेस्रो भएको थियो । त्यतिबेला नेपाली खेलाडीमा म्याच एक्सपोजर राम्रो नहुनु र उनीहरू नर्भस हुँदा सोचेअनुरूप नतिजा आउन नसकेको प्रशिक्षक राईको भनाइ छ । यद्यपि, यसपल्ट खेलाडीहरूमा आत्मबल बढेको प्रशिक्षक राई बताउँछन् ।

राष्ट्रिय टोलीका केही सदस्यहरू नै राखेर यु–१९ टोलीलाई अभ्यास गराएको उनले उल्लेख गरेका छन् । यस क्रममा नेपाली खेलाडीले सुखद प्रदर्शन गरेकाले नतिजा पनि राम्रो आउने उनको भनाइ छ । गत वर्ष नेपालले ९ दिनको तयारीले काभा यु–२० महिला च्याम्पियनसिप खेलेको थियो । तर, नेपाली टोली तेस्रो स्थानमा सीमित हुनु पर्यो ।

यस पटक लामो समयदेखि तयारी भएकाले नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गर्ने आशा राखेका छन् । डिफेन्डिङ च्याम्पियन किर्गिस्तानसहित नेपाल, श्रीलंका र मालदिभ्सले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् । प्रशिक्षक राईले यसपल्ट यी टोलीलाई हराउने आत्मबलसहित तयारी गरेको बताएका छन् ।

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले नेपाली टोलीको बिदाइ गरेका थिए । सो अवसरमा मन्त्री गुप्ताले आगामी दिनमा निजी क्षेत्रले एक प्रतिशत रकम खेलकुद क्षेत्रमा खर्च गर्नुपर्ने कानुन ल्याउन अर्थ मन्त्रालयमा प्रक्रिया अगाडि बढाएका छन् । साथै उनले खेलाडीको पुरस्कार रकममा काटिने गरिए पनि त्यसलाई हटाउन आगामी मन्त्रीपरिषद् छलफल गरिने बताएका छन् ।

खेलाडीको परिचय अब डिजिटलमा राख्ने तयारी गरिरहेको मन्त्री गुप्ताले उल्लेख गरेका छन् । दशरथ रङ्गशालालाई अन्तर्राष्ट्रिय पुनः दिन प्रयास गरेको मन्त्री गुप्ताले उल्लेख गरेका छन् ।

जेनिसा विश्वकर्माको कप्तानीमा रहेको नेपाली टोलीमा मीना सुनार, आशिका श्रेष्ठ, कुस्मा डाँगी, निसा महर, सम्झना नेपाली, एन्जिला प्रधान, प्रतिभा चौधरी, भावना तामाङ, सुनिता खत्री, रेबिका लामा र विनिता राना छन् । यो टोलीमा ६ जना सदस्य गत काभा महिला यु–२० च्याम्पियनसिप खेलका खेलाडी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =