माओवादी केन्द्रसँग पार्टी एकताबारे एकीकृत सामवादीभित्र मतभिन्नता (कुराकानी)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेकपा -माओवादीबीच पार्टी एकताबारे समाजवादीभित्र नेताहरुबीच मतभिन्नता देखिएको छ ।

पार्टीका केही नेताहरूले माओवादी केन्द्रसँग हतारमा पार्टी एकता गर्न नहुने धारणा राखेका छन् भने केही नेताहरूले सिद्धान्त र कार्यनीति मिल्ने पार्टीसँग पार्टी एकता गर्नु सकारात्मक पक्ष भएको धारणा राखेका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य निलमणि बरालले अहिलेको राजनीतिक परिस्थितिमा कुनै एउटा अमूख पार्टीसँग हतारमा एकताको प्रयास गर्नु उपयुक्त नहुने बताए । शुक्रवार उनले कुनैपनि पार्टीसँग एकता गर्ने समय आई नसकेको बताए ।

उनले अहिलेको अवस्थामा पार्टी एकताभन्दा पार्टीको पुनर्गठनमा जोड दिनुपर्ने बताए । उनले मुलुकका सबै समाजवादी, वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

उनले भने ‘अहिलेको परिस्थितिमा हतार गरेर कुनै एउटा अमुख पार्टीसँग मात्र नभएर नेपालमा रहेका थुप्रै कम्युनिस्ट पार्टीहरूसँग संयुक्त एकता, छलफल, बहसका लागि समय पूर्णरुपमा निर्माण भइसकेको छैन । जसरी अहिले नेकपा -एकीकृत समाजवादीका केही मान्छेहरू अमुख पार्टीसँग एकताको कुरा गरिरहेका छन् । यसको लागि समय भएको छैन । अहिले यही पार्टीलाई पुर्नगठन गरेर सिङ्गो नेपालमा छरिएर रहेका समाजवादी वामपन्थी शक्तिहरूसँग छलफल गरेर नेतृत्व र पुस्तान्तरणसहितको पार्टी बनाएर जानु अहिलेको निम्ति उपयुक्त हुन्छ ।’

पार्टीका सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावलले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकता सान्दर्भिक भएको धारणा व्यक्त गरे । उनले उनी मुलुकका ठुला दलहरूले भ्रष्टाचार मौलाएको कारण जेनजी विद्रोह भएको उल्लेख गर्दै मुलुकमा सुशासन कायम गर्दै अगाडि बढाउन कम्युनिस्ट पार्टीहरुबीच एकता अपरिहार्य रहेको उनको भनाइ छ ।

उनले भने ‘अहिले नेकपा (एकीकृत समाजवादी) र नेकपा माओवादी केन्द्रको एकताको समय सान्दर्भिक छ । किनभने अहिले पार्टीमाथि चौतफी आक्रमण भइराखेको बेला र देशका ठुला दलहरूले मुलुकमा भ्रष्टाचार मोलाउने काम गरेको कारण नै अहले जेनजी विद्रोह भएको हो । उनीहरूले असन्तुष्टि फैल्याएकै कारण विद्रोह भएको हो । यो पार्टीले हिजो नेकपा (एमाले) भित्र जुन बेथिति थियो । त्यसको उठान गर्दै छुट्टै पार्टी गठन गरेको भएपनि यस पार्टीले समेत संसदमा बलियो उपस्थिति जनाउन सकेन । त्यसकारण अहिले माओवादी केन्द्रले आफ्नो नाम नै परिवर्तन गरेर पार्टी एकता हुन गइरहेको कुरा समयसापेक्षित छ भन्ने मेरो बुझाई छ ।’

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य केदारकुमार कँडेलले माओवादी केन्द्रसँग मात्र नभएर सिद्धान्त, नीति र कार्यनीति मिल्ने सबै कम्युनिस्ट पार्टीहरूसँग पार्टी एकता गर्न सकिने बताए । उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको कारण नेपालको कम्युष्टि आन्दोलन समाप्त हुने चरणमा पुगेको पनि आरोप लगाए ।

उनले भने ‘माओवादीसँग मात्र नभएर छरिएर रहेका सम्पूर्ण वामपन्थीहरूसित सिद्धान्त, विचार, कार्यनीति र रणनीति मिल्नेसँग हामी पार्टी एकता गर्न सक्छौँ । केपी ओली यो देशको कम्युनिस्ट आन्दोलनलाई विध्वंस पार्ने एउटा पात्र हुन् । उनले दुई दुई पटक संसद् विघटन गरे । उनले आफ्ना कामजोरीहरुलाई कहिले स्वीकार नगर्ने र बाहिर गएपछि घर फर्क भन्नु उनको अत्यन्त कुटिल चाल हो । त्यसकारण नेकपा ९एकीकृत समाजवादीका कुनैपनि नेताहरू त्यहाँ फर्किने पक्षमा छैनन् ।’

उनले नेकपा (एकीकृत समाजवादी) का कुनैपनि नेता कार्यकर्ता एमालेमा फर्कने पक्षमा नरहेको पनि स्पष्ट पारे । पार्टीका पोलिटब्यूरो सदस्य नन्दलाल बञ्जाडेले आफू सधैँ नेपालका कम्युनिस्ट पार्टीहरू फुट्नु दुभाग्यपूर्ण भएको भन्दै बोल्दै आएको बताए । यद्यपि आएको भइरहेको एकता एमाले र माओवादीबीच भएको तत्कालीन एकता जस्तो हुने उनको भनाइ छ ।

उनले माओवादीको महाधिवेशन भई नसकेको गरिने एकता सत्ता स्वार्थका लागि गरिने एकतामा परिणत हुने भन्दै उनले पार्टी एकता भन्दा संगठन विस्तारमा पार्टीको ध्यान जान जरुरी रहेको बताए ।

पार्टीको स्थायी समिति सदस्य साध्यबहादुर भण्डारीले केपी शर्मा ओली र पुष्पकमल दाहालले नेतृत्व गरेका पार्टीहरू वास्तवमै कम्युनिस्ट पार्टी नभएको जिकिर गरे । उनले माओवादी केन्द्र दक्षिणपन्थी पार्टी भएको उल्लेख गर्दै कम्युनिस्ट पार्टीले माओवादीसँग एकता गरेर उनीहरूलाई सच्याउन नसक्ने जिकिर गरे । माओवादीको मातहतमा काम गर्न एकीकृत समाजवादीको अस्तित्व नै विलीन भएर जाने भन्दै उहाँले माओवादी केन्द्रसँगको एकता कुनैपनि हालतमा सम्भव नरहेको बताए ।

पार्टीका नेता राजेन्द्र राईले मुलुकमा रहेका सबै वामपन्थी पार्टीहरूसँग एकताको प्रयास भइरहेको बताए । यद्यपि पार्टीभित्र माओवादीसँग एकता गर्ने र नगर्ने विषयमा मतभेद रहेको उनको भनाइ छ । वाम एकताको बाटोमा अगाडि बढ्नको लागि माओवादीसँग एकता कोसेढुंगाा साबित हुने उनको जिकिर छ ।

त्यस्तै अर्का नेता मेटमणि चौधरीले वृहत् कम्युनिस्ट पार्टी निर्माण गर्ने र कम्युनिस्ट पार्टीकै नेतृत्वमा देशलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

उनले माओवादीसँगको एकता वाम पन्थीहरूको केन्द्रबिन्दु हुने बताए । सम्मानित झलनाथ खनालको काम नै निहुँ खोज्ने भएको जिकिर गरे । झलनाथ खनालको कुराबाट पार्टी एकता नहुने भन्ने नरहेको बताए ।

अर्का नेता विरोध खतिवडाले एकता गरेर एकै ठाउँमा बसिसकेका वामपन्थीहरू पुनः एक हुन नहुने भन्ने नरहेको बताए । उनले अब एकता प्रक्रियामा जान जरुरी रहेको बताउँदै कम्युनिस्ट पार्टीहरू एक हुनुपर्ने बताए ।

उनले एकता गर्दा भाँड्ने तत्त्वहरू आउने भन्दै त्यसबाट जोगिनुपर्ने बताए । उनले अहिले माओवादीसँगको एकता अपरिहार्य रहेको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 18 =