भारत महिला विश्वकपको फाइनलमा, दक्षिण अफ्रिकासँग उपाधि भिडन्त
२०८२ कार्तिक १४ गते

काठमाडौं । भारतले महिला एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य भारतले ४८ दशमलव ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्दै भारत विश्वकप उपाधि नजिक पुगेको हो ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ३३८ रन बनाएको थियो । भारतलाई जित दिलाउने क्रममा जेमिमा रोड्रिग्सले अविजित १२७ रनको उत्कृष्ट पारी खेलिन् । उनी प्लेयर अफ द म्याच घोषित गरियो। कप्तान हरमित कौरले ८९ रनको योगदान गरिन् ।
अब उपाधिका लागि भारतले आइतबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।
२०८२ कार्तिक १४ गते
प्रतिक्रिया
सम्बन्धित








