बालुवाटारमा त्रिपक्षीय बैठक, को-को छन् सहभागी ?

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीच त्रिपक्षीय बैठक सुरु भएको छ ।

निर्वाचनको माहोल बनाउने सन्दर्भमा पहिलोपटक त्रिपक्षीय बैठक भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा राजनीतिक दलबाट १६, जेनजी समूहबाट १४ र सरकारको तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसहित सहभागी भएका छन् ।

जेनजी समूहबाट मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिरज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमीत खनाल र राजन रानामगर सहभागी छन् ।

त्यस्तै राजनीतिक दलबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, माधव सापकोटा (माओवादी), प्रकाश अधिकारी , दीपक कार्की (जसपा), प्रकाश ज्वाला, राजेन्द्र पाण्डे (एकीकृत समाजवादी), मोहन श्रेष्ठ, राजेन्द्र गुरुङ (राप्रपा (, निशा डाँगी, स्वर्णिम वाग्ले (रास्वपा), महेश बर्तौला, क्षितिज थेबे (एमाले), वसन्त कुशवाह (जनमत) र प्रकाशशरण महत (काँग्रेस) सहभागी भएका छन् ।

सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन र सूचना, सञ्चार तथा प्रविधि मन्त्री जगदीश खरेल रहेका छन् ।

सरकारले घोषित मितिमा प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा सरोकारवाला पक्षहरूसँग चरणबद्ध रूपमा वार्ता एवं छलफल गर्दै आएको छ । यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीको आह्वानमा सरकार र राजनीतिक दलबीच छलफल भएको थियो । त्यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री कार्की र जेनजी समूहबीच छलफल भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =